Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मानुषी रेग्मीका चोटिला मुक्तकहरु

मानुषी रेग्मीका चोटिला मुक्तकहरु

सतीश चापागाईं

११, बैशाख २०७६
images
  मुक्तक -१ अझै नि दुर्गममा सरकार देखिएन कति दु:खीको त घरबार देखिएन घरीघरी ज्वरोले थला पर्दा पनि देखिएन गतिलो उपचार देखिएन । मुक्तक -२ उस्कै याद आउँछ मुटुमा खिल भएको बेला दिन कटे रात कटाउनु मुस्किल भएको बेला धमिला भइ अतितका पल आँखाभरी घुम्छन नबगेर आँसु नयनमा टिलपिल भएको बेला । मुक्तक -३ बर्षात छेक्ने गतिलो छानो भएन बाचुन्जेल आँखा ओभानो भएन गरिरहे सके जति दिन-रात मेहनत प्रतिफलमा छाक टार्ने मानो भएन । मुक्तक -४ समयले जंघार तरेपछि आयौ त मेरो के दोष ? सिउँदो अर्कैले भरेपछि आयौ त मेरो के दोष ? मैले भनेकै हूँ बाबाको मन जितेर लैजाऊ म पराइ घरमा सरेपछि आयौ त मेरो के दोष ? मुक्तक -५ दुर्गमका बस्तीमा बाटो पुर्याइदे सरकार छाक टार्न नुन-तेल आटो पुर्याइदे सरकार चिसोले कठ्याङ्ग्रिएर बेहाल भएको छ शरीर ढाक्ने लुगाफाटो पुर्याइदे सरकार । ✍ मानुषी रेग्मी घोराही न. पा. -५ दाङ । ( - मानुषी रेग्मीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख ११, २०७६ बुधवार - २०:०९:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend