Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दिनेश धामीका ५ मुक्तकहरु

दिनेश धामीका ५ मुक्तकहरु

सतीश चापागाईं

११, बैशाख २०७६
images
  मुक्तक -१ दिगो हुन्थ्यो प्रेम केको बुझ्ने कुरा हो जवानीको मात चढेको बुझ्ने कुरा हो प्रेमीका लागी ज्यान दिन्छु भन्छ जस्ले, आमाको माया त्यागेको बुझ्ने कुरा हो । मुक्तक -२ एकोहोरो हर-बखत सम्झिरहने बच्पन अनि बिगत सम्झिरहने तिमीले त बिर्सिदिनु भनेकै हौ, कस्तो बस्यो आदत सम्झिरहने । मुक्तक -३ संकटमा छ जन्मथात- यस्तो बेलामा सोचीरहन्छु दिन-रात-यस्तो बेलामा छिमेकीले शक्तिको प्रदर्शन गरिरहेछ, हर्ष मनाऊँ कि बिस्मात-यस्तो बेलामा ? मुक्तक -४ न काँडा भयो' न फूल जीवन फरक भा'छ कहाँनेर भएछ भुल ? जीवन फरक भा'छ सपनाहरु सबै अधुरा भैदिए अपुरा भैदिए, सोचेकोभन्दा बिल्कुल जीवन फरक भा'छ । मुक्तक -५ जो चोर उस्कै ठूलो -स्वर भएपछि ! मान्छेको नियत नै फोहोर भएपछि ! ढोकामा कुकुर पालेर के हुन्थ्यो र, आफ्नो घरभित्र कै, चोर भएपछि । - दिनेश धामी केदार स्युँ गा.पा वडा नं.-७ जसुडा बझाङ । (दिनेश धामीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख ११, २०७६ बुधवार - २१:४२:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend