Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

दिलको ढोका बन्द गर , नौलो मान्छे पस्ला फेरी (गजल) - कृष्ण न्यौपाने

दिलको ढोका बन्द गर , नौलो मान्छे पस्ला फेरी (गजल) - कृष्ण न्यौपाने

सतीश चापागाईं

११, बैशाख २०७६
images
  दिलको ढोका बन्द गर , नौलो मान्छे पस्ला फेरी । तिम्रै दिलको राजधानीमा, डेरा जमाई बस्ला फेरी । प्रकृति र पुरूषबिचको, सामिप्यता बढदै गर्दा, फूल्न नपाई कोपिलामै, डालीबाटै खस्ला फेरी । समाजको चाल-चलन ,रीतिरिवाज चट्टै पारी, फकाएर तिमीलाई नै, अँगालोमा कस्ला फेरी । मन चलाउने मनको चालक, अगतिलो पर्यो भने, गन्तव्यमै पुग्न नपाई, बीच बाटोमै फस्ला फेरी । एउटा गल्ती जिन्दगीकै , अभिशाप हुनसक्छ, त्यै गल्तीले जिन्दगीभर, मन मुटुमै डस्ला फेरी । - कृष्ण न्यौपाने भरतपुर न. पा.- ९ बसन्तचोक, चितवन । ( कृष्ण न्यौपानेको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख ११, २०७६ बुधवार - २१:४५:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend