Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

निशा के.सी.का दमदार मुक्तकहरु

निशा के.सी.का दमदार मुक्तकहरु

सतीश चापागाईं

११, बैशाख २०७६
images
  मुक्तक -१ छानु बेचेर छाता किन्न सकिएन अामाभन्दा हुन भिन्न सकिएन चुट्याे असाध्यै असिनाले र पनि वसन्त हाे कि बर्षा चिन्न सकिएन । मुक्तक -२ साेच्याै हाेला जिन्दगीका धेरै पाटाहरू छन् तिमी बाहेक अरू सबै यहाँ लाटाहरू छन् घिराैंलालाई जस्ताे थाँक्राे हाल्ने कष्ट नगर नदी हुँ म, मेराे अाफ्नै हिँड्ने बाटाहरू छन् । मुक्तक -३ राेएकाे थिएँ, तिमीले विश्वास मासेको देखेपछि मेराे ठाउँमा कागजकाे तस्विर टाँसेको देखेपछि ए मेराे प्रिय मान्छे !, खुसी लागेन र तिमीलाई ? धेरैपछि बल्ल हाँसेकाे छु वसन्त हाँसेको देखेपछि । मुक्तक -४ बादलुले ढाक्छ हेर पूर्णिमाकाे जूनलाई पनि बैगुन मात्र हैन कसैकाे हेर्नूपर्छ गुनलाई पनि घाम झुल्केकाे हिमाल झैं सधैं मुस्कुराउनु तिमी मुस्कानले नै गाढा पार्छ मभित्रकाे खुनलाई पनि । मुक्तक -५ कसरी भनूँ तिमीलाई प्रेमकाे चुली दिन चाहन्छु जब भन्छाै प्रिय यादहरूलाई नै भुली दिन चाहन्छु साँच्चै तिमी बुद्ध भयाै भने नि, उपहारमा तिमीलाई मेराे नाकमा चम्किरहेकाे, हिराकाे फुली दिन चाहन्छु । काठमाण्डौ । ( - निशा के.सीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख ११, २०७६ बुधवार - २१:४८:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend