Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

ईश्वर कुँवरका चोटिला मुक्तकहरु

ईश्वर कुँवरका चोटिला मुक्तकहरु

सतीश चापागाईं

११, बैशाख २०७६
images
  मुक्तक -१ थाहै भएन समयले कोल्टे फेरेको पनि धेरै भइसकेछ अँगालोमा बेरेको पनि हिजो जस्तै लाग्छन् मलाई ती दिनहरु झ्यालबाट लुकेर तिमीलाई हेरेको पनि । मुक्तक-२ घरमा बा-आमाका आँखा रसाएका छ्न् परदेशी छोरो सम्झी मन थमाएका छ्न् कमाएर आउँछ छोरो भनी सोच्दै होलान् मलाई भने साहूले बन्धक बनाएका छ्न् । मुक्तक-३ देखाउनलाई एउटा अस्पताल बनायो द्ई दिनमै लथालिङ्ग चालफाल बनायो न डाक्टर न औषधी पठायो सरकारले दुर्गम गाउँमा बिरामीको बेहाल बनायो । मुक्तक-४ देशको लागि रगत बगाउन तयार छु यही माटोमा पसिना चुहाउन तयार छु तिमीहरू सजाऊ आफ्नो प्रेमीकालाई म त यो देश मुटुमा सजाउन तयार छु । मुक्तक-५ झुटो प्रेमको संसारमा रमाउनेहरु भन व्यर्थै सपनाको महल बनाउनेहरु भन एउटालाई तड्पाएर कति खुशी हुन्छौं अर्कैको हातले सिउँदो रंगाउनेहरु भन । - ईश्वर कुँवर "साफे" अछाम हाल : धनगढी , कैलाली । ( - ईश्वर कुँवर "साफे" का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख ११, २०७६ बुधवार - २१:५०:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend