Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

म ठुटो धरहरा ! -सिर्जना थापा

म ठुटो धरहरा ! -सिर्जना थापा

सतीश चापागाईं

११, बैशाख २०७६
images
म ठुटो धरहरा ! सबै सौन्दर्य लुटिएको म बुँचो धरहरा लमतन्न सडकमा लडिरहेको म कुँजो धरहरा !! यसै झोंक्राईरहेछु हिलाम्मे धुलाम्मे सडकमा साल,महिना,वर्षै पो बित्यो उठाउला एकदिन कसैले भनि पर्खिरहेछु दयालू मनहरु !! प्रकृतिको कठोर प्रहारले मात्र होइन मेरै बुढेउँलीले पनि लडे म चेष्टाविहिन, हृदयविहिन मान्छेका कारण झनै गलेँ म !! ओहोरदोहोर गर्दै मान्छेहरु मलाई लत्त्याईरहेछ कहिले उठ्छौ तिमि? भन्दै आकाश मलाई अत्याईरहेछ आऊ ! मलाई उठाऊ अघाउन्जेल नियाल्ने चाहना छ, यो नगरलाई हेर उठेँ भन्दै भन्नु छ , दूरको त्यो सगरलाई आतुर छु, घामको लाली देख्नु मन छ बज्रपातले ओसिएको यो छाती सेक्नु मन आऊ ! मलाई उठाऊ !!

images
प्रकाशित मिति :बैशाख ११, २०७६ बुधवार - २२:३३:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend