Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अनिश न्यौपाने 'भावना' का बेजोड मुक्तकहरु

अनिश न्यौपाने 'भावना' का बेजोड मुक्तकहरु

सतीश चापागाईं

१२, बैशाख २०७६
images
मुक्तक - १ जो संघर्ष गर्न मञ्जुर हुन्छ जोसँग आत्मबल भरपूर हुन्छ भाग्यले पनि उसैलाई साथ दिन्छ जो हर परपस्थितिमा बहादुर हुन्छ । मुक्तक - २ यहाँ आदिले अन्तलाई स्वागत गर्नैपर्छ यो अन्तले अनन्तलाई स्वागत गर्नैपर्छ जतिसुकै कठोर भई उभिएता पनि शिशिरले वसन्तलाई स्वागत गर्नै पर्छ । मुक्तक - ३ ऐना फेर्दैमा तिम्रो अनुहार फेरिंदैन कपडा फेर्दैमा तिम्रो विचार फेरिदैन तिम्रो आफ्नै मन मस्तिष्क नफेरिएसम्म देश फेर्दैमा तिम्रो संसार फेरिंदैन । मुक्तक - ४ फेरि नपाउनेले केरा पाए जस्तो भएकोछ ती कान चिरिएकै जोगी आए जस्तो भएकोछ बर्षौ अघिदेखि जनताले हालेको भोट कुकुरलाई मासु पैचो लाएको जस्तो भएकोछ । मुक्तक - ५ छिचोलेर अघि बढ्नेछन्, घचेटेर अघि बढ्नेछन् यो प्रतिस्पर्धाको दौडमा उछिनेर अघि बढ्नेछन् उठ ए मान्छे उठ यदि उठ्न अबेर गर्यौ भने उठेकाहरुले तिमीलाई कुल्चेर अघि बढ्नेछन् । - अनिश न्यौपाने 'भावना' 'मनको आँखा' मुक्तक संग्रह (२०७३) बाट   ( -अनिश न्यौपाने 'भावना' का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १२, २०७६ बिहिवार - १५:३३:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend