Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

राजेन्द्र उपाध्यायका बेजोड मुक्तकहरु

राजेन्द्र उपाध्यायका बेजोड मुक्तकहरु

सतीश चापागाईं

१२, बैशाख २०७६
images
मुक्तक -१ इतिहासमा देखिन्छन् छुटेकै त थिए नहुँदा नहुँदै छुट्ने मन छुटेकै त थिए माया गर्नेहरु जुट्नै पर्छ भन्ने कहाँ छ ? आखिर ती मुना-मदन छुटेकै त थिए । मुक्तक -२ फोन गर पत्र पठाऊ बेला-बेलामा सकेसम्म भेट्न आऊ बेला-बेलामा तिमी मेरो नभए नि मन यसै खुसी हुन्छ तिम्रो शुभ खबर सुन्न पाऊँ बेला-बेलामा । मुक्तक -३ दिनै परे प्राण प्यारमा सजिलै दिन्थें सही निर्णय सही विचारमा सजिलै दिन्थें तिम्ले सुनको चुरा माग्यौ नाजवाफ भएँ बरु मुटु नै मागे उपहारमा सजिलै दिन्थें । मुक्तक -४ यो मनको दाग मेटाउन गाह्रो हुँदोरैछ झन् अतीतहरु भुलाउन गाह्रो हुँदोरैछ हाँसी-खुसी मस्तसँग जिउँछु भनेकै हो पीडा लुकाई मुस्कुराउन गाह्रो हुँदोरैछ । मुक्तक -५ दु:ख पर्दा तिमीलाई मेरो मलाई तिम्रो शरण होस् सँगसँगै जीवन बितोस् हाम्रो सँगसँगै मरण होस् आऊ प्रिया अब हामी यस्तो माया गरेर देखाऊँ हाम्रो जोडी हाम्रो माया संसारकै उदाहरण होस् । - राजेन्द्र उपाध्याय जयपृथ्वी नगरपालिका - ५ लुयाँटा, बझाङ्ग । ( -राजेन्द्र उपाध्याय का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १२, २०७६ बिहिवार - १५:४५:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend