Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

"अवसरवादीको शिरमा सधैभरी ताज हुँदैन" (मुक्तकहरु)

"अवसरवादीको शिरमा सधैभरी ताज हुँदैन" (मुक्तकहरु)

सतीश चापागाईं

१२, बैशाख २०७६
images
  मुक्तक - १ मित्रका भेषमा रहेका दुष्टसँग भिड न्यायको लागि अप्ठ्यारो बाटो हिड चिल्लो कुराले ताबेदारीमा फसाउला आफ्नैभित्रको लोभ मोहलाई गिड ! मुक्तक -२ देशको समृद्धि,विकास गर्नुछ विदेशीको शरणमा भर पर्नुछ हाम्रा सच्चा राष्ट्रवादी कम्युनिष्ट दिल्लीको आशिषले बालुवाटार तर्नु छ !! मुक्तक -३ मीठो मसिनो खान पाँच तारे होटलहरुमा पल्केका नेता झुपडीको दु:खभन्दा महलको ऐस-आराममै सल्केका नेता राष्ट्र र जनताका शत्रु हो, प्रगतिको बाघक ह‍ो, समयमै बुझौं विकास र समृद्धिको आडमा जीवनभर पद पैसामै ढल्केका नेता !! मुक्तक -४ त्रिपालमा भोकै वास छ, चिन्ता छ नुनको महलमा भोज, मोज छ, चिन्ता छ सुनको बेइमानी भ्रष्ट नेता भएपछि, राष्ट्रको बिचल्ली वर्गीय नाताभन्दा पनि हरे, चिन्ता छ खुनको !! मुक्तक -५ सिद्धान्त बेचेपछि जोसुकैलाई लाज हुँदैन पदमा बिक्नेहरुको इमानदारी समाज हुँदैन जाल-झेल दमन नाटक जति गरे पनि हजुर अवसरवादीको शिरमा सधैंभरि ताज हुँदैन !! - वैद्यनाथ ठाकूर बिरगन्ज, मोरङ्ग नेपाल ( - वैद्यनाथ ठाकूरका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १२, २०७६ बिहिवार - १६:०१:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend