१२, बैशाख २०७६
आफ्नै साथीलाई आफै, गद्दार कसरी भनौ ?
श्रीमती उसैसित गइ न, जार कसरी भनौ ?
मलाई मेरा छोराछोरीमै, आशंका बढयो,
डि.एन.ए.चेकै नगरी, यो उपहार कसरी भनौ ?
सोध्ने नै भए साथी भाईले, के भो ? ए कृष्णे।
यो पारिवारिक कथाको सार, कसरी भनौ ?
थाहा नपाउनेले सोध्छन्, ठिक त छौ नि साथी,
दिलमा पिडा बोकी, 'ठिकै छ यार !' कसरी भनौ ?
यस्ता अनेकौ प्रश्नहरूले, जब तीर छोडछन्,
गलत !! सुनेका रहेछौ, समाचार कसरी भनौ ?
भरतपुर न. पा.- ९ वसन्तचोक, चितवन ।
( - कृष्ण न्यौपानेको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)
प्रकाशित मिति :बैशाख १२, २०७६ बिहिवार -
२१:५८:३६ बजे