Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कमलराज ओलीका ५ बेजोड मुक्तकहरु

कमलराज ओलीका ५ बेजोड मुक्तकहरु

सतीश चापागाईं

१२, बैशाख २०७६
images
  मुक्तक -१ खुशी अनि एउटा सानो, घर पनि दिउँला सुखद जीवन अनि राम्रो, भर पनि दिउँला तिमी माग सके जति सबै कुरा दिन्छु मैले सबैभन्दा ठूलो कुरा मेरो, थर पनि दिउँला । मुक्तक -२ रुवाउनलाई आजभोली दाउ खोज्ने भएकीछिन् बोल्दिनन् मेरी उनि किन भाउ खोज्ने भएकीछिन् केही गरे जस्तो लग्दैन मैले जानी-जानी कहिलै दुखाउनलाइ हरेक पल घाउ खोज्ने भएकीछिन् । मुक्तक -३ लजाएर बोल्थी पहिले अचेल कान्छू भन्न थाली जे परे परोस् आपत तिमीसँगै जान्छु भन्न थाली लौ न हजुर सम्झाइदिनू ..कोही कसैले उसलाई टुना-मुना गर्छु अनि मोहनीले तान्छु भन्न थाली । मुक्तक -४ मन्दिरको देउता अनि साक्षी कालो रात राखेर झुठा कुराहरुको थुप्रो त्यो मनमा खात राखेर तिम्रो कसम कहिलै झुठो बोल्दिन भन्छौं तिमी मध्य रातमा मेरो शिरमा त्यो दोषी हात राखेर । मुक्तक -५ हो सधै वर्ग र कर्मले पछि पारेको मान्छे मै हुँ पैसाको नाम सुनी सबै इच्छा मारेको मान्छे मै हुँ नसोध गरिबी के हो कस्तो हुन्छ भनेर मलाई स्वयंवरको औँठी बेची छाक टारेको मान्छे मै हुँ । ✍ कमलराज ओली गंगादेब -२, जिनाबाङ रोल्पा । ( - कमलराज ओलीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १२, २०७६ बिहिवार - २२:०७:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend