Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

धातानन्द शर्माका मार्मिक हाइकुहरु

धातानन्द शर्माका मार्मिक हाइकुहरु

सतीश चापागाईं

१२, बैशाख २०७६
images
  अहा प्रवाह ! भक्तिभावको गङ्गा मन उमङ्ग -१ पढेका धेरै स्वजीवन किताब रह्यो अधुरै -२ टाढा अाफन्त स्वार्थका ढोका बन्द राम्रो सम्बन्ध -३ जीतमा न जा लानु के छ जितेर ? हार्नुमै मजा -४ तीर्थका कुरा ! मन भए निर्मल घरै मथुरा -५ काफल पाक्यो मान्नै नपाइने भो चरीको निम्तो -६ विकासे कर्म मासिएका चौतारी ताजा सम्झना -७ लोकतन्त्रका जनता जनार्दन उदास दास -८ गर्मी मौसम बिहानीको शीतल पंछीको गान -९ समय भन्छ तिमी पुरानै किन? म त नवीन -१० बगनासकाली -८ खानीगाउँ, पाल्पा । ( -धातानन्द शर्माका यी हाइकुहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १२, २०७६ बिहिवार - २२:१४:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend