Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

डेढअक्षरिया नेताहरु (लघुकथा)

डेढअक्षरिया नेताहरु (लघुकथा)

सतीश चापागाईं

१२, बैशाख २०७६
images
  - बैद्यनाथ ठाकुर शिक्षक स्टाफ बैठकमा प्रधानाध्यापक महेश पाण्डे बडो नाटकीय ढंगले आफ्नो कुरो राख्दै थिए - "आदरणीय शिक्षक साथीहरु, हामी इतिहासको अत्यन्त कठिन समयमा छौं यतिबेला । अब पहिलेको जस्तो तालले हाम्रो जागिर पनि रहला जस्तो छैन । तपाईहरुलाई थाहै छ विद्यालय शिक्षा स्थानिय तहको मातहतमा आइसकेकोछ । अब वडाअध्यक्ष तथा सदस्यहरु र मेयर साहब कुनै बेला पनि विद्यालयभित्र के कस्तो शैक्षिक गतिविधि भै रहेको छ सो को अनुगमनमा अपर्झठ आइपुग्नसक्नुहुन्छ । त्यसैले तपाईहरुले पुराना बानीहरु छोड्नुस् । विद्यालयमा सकेसम्म आउँदै नआउने, आइहालेमा दुई घन्टा ढिलो आउने, कक्षामा जाँदै नजाने, गइहालेमा दस पन्द्रह मिनेट ढिलो जाने, घन्टी समाप्त हुनुभन्दा दश पन्द्रह मिनेट पहिले निस्किने, कुर्सीमा निदाउने,पढ पढ भनेर समय बिताउने जस्ता कामहरु बन्द गर्नुपर्यो ।" एक गिलास पानी पिएर लामो सास फेर्दै उनले मन्तव्यलाई निरन्तरता दिँदै भने - " अब स्थानीय निकायमा मैले र मसँग तपाईहरुले एक्ला एक्लै लिखित प्रतिबद्धता जाहेर गर्नु पर्यो पहिले त्रैमासिक, दोस्रो त्रैमासिक र अन्तिम परीक्षामा के कति सिकाइ उपलब्धी दिने हो फेरि त्यस अनुसार भएन भने कारवाही हुन्छ ।" प्रधानाध्यापक पाण्डेको कुरा सुनेर शिक्षकहरु किंमकर्तव्यबिमुढ भए । उनले फेरि सोधे - "कसैलाई केही सोध्नु छ ?" हिम्मत जुटाएर एकजना शिक्षकले प्रश्न गरे - "हाम्रो पठनपाठनको अवस्था हजुरलाई थाहै छ । दश कक्षामा पढ्ने विद्यार्थीलाई आफ्नो नाम समेत लेख्न आउँदैन अनि यस्तोमा के सिकाइ उपलब्धीको लिखित सम्झौता गर्ने ? भन्नलाई यो प्रश्न मैले राखेको हो तर यो उपस्थित अनुपस्थित सबै शिक्षकको प्रश्न हो कि कसो साथीहरु ?" भन्दा सबैले समर्थन जनाए । निकैबेरको मौनता तोड्दै प्रधानाध्यापक पाण्डेले फेरि भने- " हेर्नुस्, सरकारले जति बलियो कानुन बनाए पनि चोरले चोर्ने बाटो निकाली हाल्छ, हाकिमहरुले कार्यालयदेखि मन्त्रालयसम्म घुस खाने उपाय अविष्कार गरिहाल्छ । तपाईहरु चिन्ता नगर्नुस् । अब गेटमा कार्यालय सहयोगी बस्छ ।कोही आउँदा हामी थाहा पाइहाल्छौ र सबैजना कक्षामा गई हाल्छौ । परीक्षाको प्रश्न पहिले लेखाइ दिन्छौ । सजिलो प्रश्न सोध्छौ । परीक्षामा उत्तर पनि लेखाइ दिन्छौ । अनि भएन सिकाइ उपलब्धि पूरा ? यो डेढ अक्षरिया नेताहरु आखिर हाम्रै स्कूलका गुण्डा बदमास हिजोका विद्यार्थी हुन् । यसलाई छकाउन कुन ठूलो‍ कुरा हो र ? बीरगन्ज मोरङ्ग, नेपाल । ( -बैद्यनाथ ठाकुरको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १२, २०७६ बिहिवार - २२:३८:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend