Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एउटा कविता यस्तो पनि (कविता)

एउटा कविता यस्तो पनि (कविता)

सतीश चापागाईं

१३, बैशाख २०७६
images
  बा' भन्नु हुन्छ - "छोरा कविता नलेख "तेरो साथीभाईहरु कहाँ पुगी सक्यो !" भो छोरा ! कविता त लेख्दै नलेख बरु अाफ्नो भविष्य देख !" बा'को हैंसेमा होस्टे गरे झैँ अामा पनि भन्नुहुन्छ- "कविता लेख्दै नलेख ! "समस्यामा बर्जित छ कान्छा ! तेरो भाग्य" बरु जिन्दगीको फाटोहरु छेक !" दिदी भन्नुहुन्छ- "नलेख हौं भाई ! नलेख कविता ! बरु गीत गा... सङ्गीत सिक साहित्य भनेको सङ्गीत पनि हो गीत पनि हो गीतकारहरु जति अज्ञात बने नि बजाउनेहरुले कमाए पनि गाउनेहरुलाई चिन्छ हाम्रो यो समाज ! दाज्यु भन्छ- "नलेख कविता बरु राजनीति गर सुनाम छ तेरो बरु चाकडी खोज नाम छ तेरो बरु ड्राइभरी गर चाहे श्रमिक बन ।" भाइ-बहिनी भन्छन् - "तर ठ्याक्कै कविता भने लेख्दै नलेख । छरछिमेकी सबै तेरै कुराहरु काट्छन्- "कविता लेखेर यशले के पायो र ?" गाउँसमाज भन्छन्- "मातृ भाषामा लेख्नेको बासमती चामल बिक्दैन यहाँ अग्रेंजीमा लेख्नेको रशिनको पिठो पनि बिक्छ अाज ।" खिलाप हो कि ? या पक्षमा मेरो यस्तै यस्तै अर्थहरु लगाएर चाहे जे सुकै भनी रहोस् मेरो कविताहरुलाई यो आधुनिक परिवेशले तर म कविता लेख्छु अनि कवितामै जनाउँछु- द्ररिद्र घाँसी दाईसँग त्यसै गफ्फिएको थिएनन् नि बाजे भानुले ! "गरीब" लेख्ने देवकोटाले कम्ति शास्ति भोगेका थिएनन् नि आफ्नो रोगी शरीरलाई फगत एकै दिन मलाई बाँच्नु पाएपुग्छ त्यसै भनेको थिएनन् नि ! जातीय भाव पिडित बनेर कवि गिरीले हाम्रै मने र धनेले बाँकी खाएर उठाउनु परेको थियो कटुवालजीले अाफ्नो सब्जी दोकान हो मैले कविताहरु लेखेर त्यही पैचोहरु सँगाल्नुछ अब नेपाली र गोर्खाली भन्ने अाधुनिकरणको नचाहिँदो खोल अोढेको यो मेरो स्वार्थी समाजमा त्यसैले म कविता लेख्छु बारम्बार लेख्छु कसैले मेरो बिरोध नगरे हुन्छ अब ! - रंगबुल (अालुङ्गे गाउँ) पोस्ट अफिस रंगबुल दार्जिलिङ, पश्चिम बंगाल, भारत (- रंगबुल (अालुङ्गे गाउँ) का कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १३, २०७६ शुक्रवार - १२:५२:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend