Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

एस.पि. असफलका ५ चोटिला मुक्तकहरु

एस.पि. असफलका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

१३, बैशाख २०७६
images
  मुक्तक -१ खोई कस्तो सोच विचारमा जान्छन् हरेक बिहान हतार हतारमा जान्छन् सम्पत्तिको धाक देखाउन मेरा आफन्त मर्निङ वाक पनि महँगो कारमा जान्छन् । मुक्तक -२ कुलतमा फसाउने रैछ चल्ती सोच्दै सोचिनँ अहिले गर्दैछु भनी ठूलो गल्ती सोच्दै सोचिनँ साथीभाइले पिलाउँदाखेरि पिउँदै गएँ मदिरा पछि रित्तै होलान् मेरै खल्ती सोच्दै सोचिनँ । मुक्तक -३ विगत सम्झन्छु झल्झल्ती स्विकार गरिनन् नहुदाँ पनि मेरा केही गल्ती स्विकार गरिनन् सुरुवातमा तिमीबिना बाँच्नै सक्दिनँ भन्नेले रित्तिने बित्तिकै मेरो खल्ती स्विकार गरिनन् । मुक्तक -४ सम्बन्धमा बाहिर मीठा भित्रभित्रै तीता भेटिन्छन् न मर्यादा पुरुष राम, न पतिव्रता सीता भेटिन्छन् अर्कैको फोटो राखी सामाजिक सञ्जाल चलाउँदा हो प्रेमी भनेर भेट्न जाँदा आफ्नै पिता भेटिन्छन् । मुक्तक -५ आफ्ना सङ्गीनीहरुसँगै ब्युटीपार्लर पस्न नपाए श्रृङ्गारको नाममा नानाथरी मुहारमा घस्न नपाए नारी अधिकार हरण भयो भन्ने हल्ला चलाउँछन् लोग्ने विदेश गएपछि बजारमा गई बस्न नपाए । - एस.पि. असफल                                                                                                                                                              फेदिखोला -३, गहतेरा स्याङ्जा । (- एस.पि. असफलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १३, २०७६ शुक्रवार - १३:००:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend