१४, बैशाख २०७६
भख्खरकी छिन् भगाई ल्याएँ, गल्ती मन पराइदिनू !
प्रदेश जान्छु आमा मरे भने, बिहे अन्तै गराइदिनू !
छोरी ठान्दै पढाऊ बाबा, पढ्ने मन छ सार्है उस्को,
पढ्न छाड्लिन् हौसला देऊ, डर सबै मराइदिनू !
दु:ख छ रे ! प्रदेशमा, प्राणको भर छैन भन्छन् ,
बाचा गर्देऊ मरे आमा, सिउँदो अन्तै भराइदिनू !
बुहारीले प्रश्न गर्लिन, दोस्रो बिहे किन भन्दै,
छोरा बाचा हारेको छु, रुदै उन्लाई कराइदिनू !
सोह्र बर्षे भख्खर उनी, पाप लाग्छ बाबा आमा,
मेरो आत्मा खुशी हुन्छ, अन्तै बसाई सराइदिनू !
राप्ती नगरपालिका - ९,
-बर्मनगर, चितवन ।
( विकास क्षेत्रीको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)
प्रकाशित मिति :बैशाख १४, २०७६ शनिवार -
२०:५२:२४ बजे