Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

रेहित सैजुको गजल

रेहित सैजुको गजल

सतीश चापागाईं

१९, बैशाख २०७६
images
गजल कहिले डोको कहिले डालो आउँछ चिन्ता नगर्नुस् सबको पालो आउँछ जिन्दगीको सफर काँडा र फूलमा सँगसँगै उकालो र ओरालो आउँछ सहर ढाकेछ नभन्नु है बादलहरुले पहाडमा नि मडारिदै तुवाँलो आउँछ देश विकास हुन्छ त कसरी पो हजुर सत्तामा राज गर्न गोरो कालो आउँछ अनुरोध सबैलाई अग्लो घर नबनाऊ हेर्नुस् सालैपिच्छे भुइँचालो आउँछ । - रेहित सैजु मध्यपुर ठिमी -५ नगदेश, भक्तपुर (-रेहित सैजुका गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख १९, २०७६ बिहिवार - ०६:२२:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend