Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सुनिल अधिकारीका सदाबहार मुक्तकहरु

सुनिल अधिकारीका सदाबहार मुक्तकहरु

सतीश चापागाईं

१९, बैशाख २०७६
images
  मुक्तक - १ न खुशीको स्वरूप न पीडाको कुनै आकार हुन्छ काँडा मुटुमा घोचे पनि व्यक्त गर्ने अनुहार हुन्छ बिनाकसूर सदियौंदेखि प्रेम बदनाम छ यहाँ माया निश्छल हुन्छ मायालु पो कसूरवार हुन्छ ! मुक्तक - २ नबुझेका होइनन् कसैले बुझेकै छन् साराले तन ढाकिन्न आदर्शले पेट भरिन्न नाराले घर होइन यो नेताज्यू जसोतसो चलाउनलाई सवाल मेरो देशको छ, चल्दैन यस्तो पाराले ! मुक्तक - ३ नसम्झ आँसु केवल पानी मात्रै हो किमार्थमा यो त पीडाको तरलिकृत स्वरूप हो यथार्थमा उत्रिनेहरू जो छन् किनारमा बसेर पछुताउँछन् शहिद भयो त्यो जो डुब्छ मायालुको स्वार्थमा ! मुक्तक - ४ सम्बन्ध यति दरिलो होस् , कसैले छुट्याउन नसकोस् तिमी मेरो लागि कि म तिम्रो लागि, खुट्याउन नसकोस् भलै सीता-राम, राधा-कृष्ण जस्तो जोडी नभनुन् कसैले म शरीर मेरो आत्मा तिमी, कसैले झुठ्याउन नसकोस् ! मुक्तक - ५ मुक्तकमा मनोभावलाई शब्दहरूमा ढाल्न जान्नुपर्छ गहिरोसम्म खँदिलो हुनेगरी मिलाएर हाल्न जान्नुपर्छ बिना भावको मुक्तक बन्दैन अनुप्रास मात्र मिल्दैमा शब्द शरीर हो मर्म आत्मा, बराबर गाल्न जान्नुपर्छ ! - सुनिल अधिकारी काठमाडौँ - १५, स्वयम्भु । (-सुनिल अधिकारीका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख १९, २०७६ बिहिवार - ०६:५०:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend