Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अचेल अलि बुढी भैछ्यौ (गोम बिक्रमका ५ प्रेमील मुक्तकहरु)

अचेल अलि बुढी भैछ्यौ (गोम बिक्रमका ५ प्रेमील मुक्तकहरु)

सतीश चापागाईं

१९, बैशाख २०७६
images
  मुक्तक -१ जहिले हिँड्छु यौटा बाटो, झ्यालमा बसी कुरेर हेर्छौ घाइते पार्ने नयनको, मैसित साइत जुरेर हेर्छौ ! माया जालमा अड्काएर, जिन्दगीलाई तड्पाएर मोहनी आँखा नशा लाग्दो, अचम्मैसित घुरेर हेर्छौ । मुक्तक -२ कति फूल मन परेका, कुना-काप्चा भीरमा देखेँ गमलाभरी सजिएका, महँगा फूल पीरमा देखेँ सपना फुले जस्तो लाग्यो, वेदना भुले जस्तो लाग्यो आफ्नै हातले दिएको फूल, जब तिम्रो शिरमा देखेँ । मुक्तक -३ माघे सक्रान्ति रिडी मेला, टिकट काटी पर्खेको थेँ रिखेश्वरको कसम खाई, जोवन तिम्लाई तर्पेको थेँ राडी-पाखी र काम्ला किनेँ, सुन्तला-गुँड-तरुल बिनेँ तिमी आइनौ साँझसम्म, 'अमिलो मन' फर्केको थेँ । मुक्तक -४ जस्लाई पनि जिन्दगीमा, एक अर्काको खाँचो हुन्छ विवेकबिना ला'को माया, जहिले पनि काँचो हुन्छ सुख-दु:ख नि बुझ्नु पर्यो, आँसुका झरी रुझ्नु पर्यो विपद पर्दा नछुट्ने साथ, दरिलो र साँचो हुन्छ । मुक्तक -५ बत्तीस लक्षणयुक्त अझ, त्यसैमा यशोगुणी रैछौ मोहनी लगाई दुनियाँको, मन र मुटु चुँडी लैछौ मनै हल्चल बनाउँथ्यौ, निदै खल्बल बनाउँथ्यौ साम्राज्य थियो सौन्दर्यको, अचेल अलि बूढी भैछौ । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ बैसाख १९ (-✍ गोम बिक्रमका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख १९, २०७६ बिहिवार - १०:३८:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend