Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुक्तककार नम्रता उप्रेतीका केही मुक्तकहरु

मुक्तककार नम्रता उप्रेतीका केही मुक्तकहरु

सतीश चापागाईं

१९, बैशाख २०७६
images
  मुक्तक -१ गल्ती भो म पाउ छुन्छु आऊ तिमी पास मात्र अलि सस्तो म नै हुन्छु बन तिमी खास मात्र पहरा नै फोर्ने मेरा हातले फेरि छाती चिरी , रुनु परे म नै रुन्छु अब तिमी हाँस मात्र ! मुक्तक -२ रातमा जून दिनमा लाग्ने घामै बेइमानी छर्छन् उज्यालो के दिऊँ मैले नामै बेइमानी मनका कुरा अक्षरमा कोरी बन्द राख्या , खोल्न खोज्दा नखुल्ने त्यो खामै बेइमानी ! मुक्तक -३ खुसी हुँदा लुटुक्क काखमा ढल्न सिपालु रिस उठ्दा भित्र-भित्रै जल्न सिपालु गल्तीबाट उम्किनलाई सारै जिद्दी गर्ने , चलाख कति मेरो मान्छे छल्न सिपालु ! मुक्तक -४ नरसाए नि आँखा मेरा नजर थाकी रह्यो आज गुम्सिएका मनका व्यथा मनमै पाकी रह्यो आज आँसु खुसी दुवैतर्फ बेमौसमको ताली यहाँ , रुनु र हाँस्नुमा फरक अब के नै बाँकी रह्यो आज ! मुक्तक -५ लेनदेन मायाको हिसाब आम्दानी बढ्यो कि ? सावाभन्दा व्याजतर्फ निगरानी बढ्यो कि ? रोशनीले भरिपूर्ण मेरो यस्तो जिन्दगीमा , उसकै माया उसकै खुसी मनोमानी बढ्यो कि ? - नम्रता उप्रेती काठमाण्डौ, नेपाल । (- नम्रता उप्रेतीका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख १९, २०७६ बिहिवार - १२:२०:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend