Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

'आमा' बिषयका केही मुक्तकहरु

'आमा' बिषयका केही मुक्तकहरु

सतीश चापागाईं

२१, बैशाख २०७६
images
  मुक्तक -१ दुनियाँ मे माँ कि पहचान महान माँ से बडा नही है कोई इन्सान दिल दुखानेबालेको भी कहती " अभी तुम है बच्चा नादान " !! - बैद्यनाथ ठाकुर प्रगति नगर -३,वीरगन्ज ........................................................................... मुक्तक-२ सधैँभरी आमा भन्दै त्यो काखमा रुँन पाऊँ आमा शिर झुकाएर कोमल पाऊँ हजुरैको छुन पाऊँ आमा चाहना ठूलो राख्दिनँ म अरू केही पनि माग्दिन म जुनी-जुनी सयौं जुनी हजुरकै सन्तान हुन पाऊँ आमा । - प्रकाश पाठक "योगी" भरतपुर न. पा.- २३ जगतपुर, चितवन, नेपाल । हाल : दोहा कतार ......................................................................... मुक्तक -३ पीडा सहीदिन्छिन् हाँसेरै अग्निपथ टेकीदिन्छिन् ! आमाले सन्तानमा पर्ने हर बज्रपात छेकीदिन्छिन् ! प्रेरणाकी स्रोत हुन् आमा, ममताकी खानी पनि , एक हातले हिर्काए नि अर्को हातले सेकीदिन्छिन् ! - असन्तुष्ट जलन दाङ, हाल : साउदी । ....................................................................... मुक्तक -४ जुधेकै छैन ति तिम्रा आँखा तर्काई किन भाग्छौ फेरि सरेर त्यतै पछाडी पिठ्यु फर्काई किन भाग्छौ फेरि प्यारका मधु भरिएका मदहोसमा लट्ठ प्याला , पिएकै छैनौ समाई तिम्ले सर्काई किन भाग्छौ फेरि । - नम्रता उप्रेती काठमाण्डौ । ............................................................. मुक्तक -५ आमा महान हुनुहुन्छ, सृष्टिदाता हुनुहुन्छ मेटेर कहिल्यै नमेटिने अमर नाता हुनुहुन्छ दु:ख दिनु हुँदैन आमालाई सदैव सेवा गरौ आमा हाम्रो जीवनको पहिलो गाता हुनुहुन्छ । - सिताराम के.सी. रामेछाप । (सबै मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २१, २०७६ शनिवार - २०:२३:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend