Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

चखेवाको जोडी जस्तै बाँचिए पो प्रीति हजुर - गोम बिक्रम

चखेवाको जोडी जस्तै बाँचिए पो प्रीति हजुर - गोम बिक्रम

सतीश चापागाईं

२२, बैशाख २०७६
images
  मुक्तक -१ मायामा कुनै बन्धन भए, खुला गराइ हेर्नूपर्छ मन-मुटु र मस्तिष्क नै, सङ्लो बनाई फेर्नुपर्छ माया हुँदा के हुँदैन ? मायाबिना को रूँदैन ? बित्थै हराउँदैन माया, बारले केलाई घेर्नुपर्छ ? मुक्तक - २ झझल्को तिम्रै आउन थाल्छ, डाँडामा गुराँस फुल्दाखेरी रेशमी कपाल सम्झिन्छु म, बेसीमा धानले झुल्दाखेरी गैदिन्छ्यौ जति टाढा तिमी, भैदिन्छ्यौ उति गाढा तिमी तिम्रै स्वरुप देखूँ सधै, बिहानी नजर खुल्दाखेरी । मुक्तक - ३ मन परेको कुरा भए, दिलभित्र सजाइदिन्छौ होइन भने राम्रो पनि, नराम्रोसित दँजाइदिन्छौ सारै अनौठो तिम्रो बानी, फाइदा भन्दा उस्तै हानी थाहै नपाई कति कुरा, उल्टै बाह्र बजाइदिन्छौ । मुक्तक - ४ तिमीले जस्तो सक्दैन कोही, नजरको वाण हान्न सायद बिजोडी भए तिमीबिना, सजिलै प्राण जान्न सायद यसरी तान्यौ कि मोहनीमा, घाइते भएँ म पिरतीमा तिम्लाई आफ्नो नबनाए, गाउँकै पानी खान्न सायद । मुक्तक -५ अलग्गिएका दिल नि फेरी, गाँसिए पो प्रीति हजुर दु:ख भुलाई खुशीसित, हाँसिए पो प्रीति हजुर संसारमै नमूना होस्, जस्लाई पनि सम्झना होस् चखेवाको जोडी जस्तै,बाँचिए पो प्रीति हजुर । -गोम बिक्रम कल्लाबारी, पाल्पा २०७६ बैसाख २०

images
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार - ०७:३०:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend