२२, बैशाख २०७६
ठूल्दाईको हेपाईले , मैले बाटो पाइन आमा ।
दिन्छु दिन्छु भन्दैटार्छ , मैले साटो पाइन आमा ।।
बा-आमाको जिउनी थियो , ऊसले अंश देला भन्दा
धन भन्दा नि ऋण देखायो, मैले माटो पाइन आमा ।
घर खायो बारी खायो , धान फल्ने खेत खाँदा,
कोदो मकै फापर फल्ने , मैले पाटो पाइन आमा ।
एउटै अंश एउटै बंश , बाउ पछिको बाउ ठाने,
दाईले भुजा ज्युनार गर्दा , मैले आँटो पाइन आमा ।
विश्वासको दीपशिखा, त्यतिबेला जब निभ्यो,
हप्तौसम्म थला पर्दा, मैले तातो पाइन आमा ।
भरतपुर न. पा.- ९ वसन्तचोक, चितवन ।
(- कृष्ण न्यौपानेको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार -
०७:३३:११ बजे