Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककार नम्रता उप्रेतीका केही मुक्तकहरू

मुक्तककार नम्रता उप्रेतीका केही मुक्तकहरू

सतीश चापागाईं

२२, बैशाख २०७६
images
  मुक्तक -१ त्यो अद्भुत भेट अनि त्यो खुसीको पल हाम्रो बन्यो साँच्चै साहित्यको एउटा नयाँ दल हाम्रो नन्द भाउजूको नाता अब युगौं-युगसम्म, अझ बलवान बन्दै जाओस सम्बन्धको बल हाम्रो !! मुक्तक -२ नजाऊ भन्दै थिए कोही म त लागे त्यतै बिरानो त्यो गाउँमा वास मैले मागे त्यतै उस्कै माया उस्कै प्यारमा लुट्पुटिदै आज जता जान्छ उड्दै मन फेरि भागें त्यतै !! मुक्तक -३ साँझ बिहान दिन महिना बित्यो उल्लास बर्ष हाम्रो कतै भुले रौनकमा कतै झकास बर्ष हाम्रो साहित्यका अनुयायी कलमका सौखीन सबै भोली आउने नयाँ साल बनोस् खास बर्ष हाम्रो ! मुक्तक -४ छुकछुक गर्दै रेलगाडीमा गुडी जाने मन बेलुन जस्तै फुरुङ्ङ भई उडी जाने मन फुत्की हातबाट चङ्गा पर भागे जस्तो , नहोस् कहिल्यै दुई मुटुको चुँडी जाने मन ! मुक्तक -५ टाढा हैन नजिक हुने ठहरले मलाई पखेटा नै फिजाई उड्ने रहरले मलाई न त लुक्न मिल्यो कतै न त भाग्न मिल्यो , बनायो नि बन्दी उस्को शहरले मलाई ! भरतपुर न. पा.- ९ वसन्तचोक, चितवन हाल: काठमाण्डौ  (- नम्रता उप्रेतीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार - ०७:३७:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend