Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

हरि कंडेलका केही चोटिला मुक्तकहरु

हरि कंडेलका केही चोटिला मुक्तकहरु

सतीश चापागाईं

२२, बैशाख २०७६
images
  मुक्तक -१ सुविचारभन्दा कुविचारको मनमा जीत भएपछि, आफ्ना अनि आफन्तहरुबाट भयरहित भएपछि, सामाजिक संजालमा नाङ्गिएको देख्छु उसलाई, नाङ्गिनेहरु नै छिटोछिटो देशमा चर्चित भएपछि । मुक्तक -२ जनताको आँखामा छारो हालेर विकास गर्‍यो, देशको अस्तित्व दाउमा राखेर विकास गर्‍यो, दुई तिहाइको सरकारले पनि देशभरी नै हजुर, चोक-चोकमा नागरिकता बाँडेर विकास गर्‍यो । मुक्तक -३ तिमीलाई मेरो समीप सदाबहार राख्न मन छ, म जिउने बाँच्ने बनाएर आधार राख्न मन छ, मेरो प्रेम प्रस्ताव स्वीकार गरौं भने तिमीले आज, बनाएर आफ्नै दिलभित्र कारागार राख्न मन छ । मुक्तक -४ छोडेर जाँदैछु यो गाउँ शहर सुनाइदिनू आज पूरा हुँदैछ उनको रहर सुनाइदिनू मलाई भुल्नु भन्दै गएकी थिइन् मेरी प्रेमीका, भुल्नकै लागि पिउँदैछु जहर सुनाइदिनू । मुक्तक -५ नभाँच्चिने गरी विश्वासको यहाँ हाँगो बनाएर, झुण्ड्याउलान् ख्याल गर्नु प्रेमको धागो बनाएर, आँखा खुल्ला राख्नु मन फेरिएको पत्तै चल्दैन, मायालुले झारिदेलान् जीवनबाट छाँगो बनाएर । नवलपरासी पश्चिम । हल : कुवेत । (हरि कंडेलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार - ०७:५१:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend