२२, बैशाख २०७६
तिम्लाई छोडी प्रदेश हिडे, हाँस्छौ कि रून्छौ सानु?
बाटो खुल्यो भन्ने हौकी, आँसुले मुख धुन्छौ सानु?
संगै हुँदा रिसाउथेऊ, भित्र माया गर्थेऊ कित
हाँस्न तिम्लाई गार्हो होला, पिर ब्याथा भन्छौ सानु?
सोच्दा सोच्दै मनै घुम्छ, के के सोच्नु मनभित्र
भेट्यौ भने अरू पुरूष, तर्कन्छौ कि छुन्छौ सानु?
मैलो हुन्छ मन तिम्रो, मर्द मान्छे भेटे पछी
शुद्द हुन के के गर्छौ, कित शरिर धुन्छौ सानु?
सोची हौली प्रदेशमा, सुखै संग पैसा मिल्छ
चुन्न परे कुनै दिन, धन र मन कुन चुन्छौ सानु?
कुरा गर्लान् गुन र बैगुन, मेरो अनी तिम्रो बारे
कान खोलेर सुन्छौ कित, नसकेर थुन्छौ सानु?
गार्हो हुन्छ बचाई राख्न, कमाएको इज्यतलाई
मान्छै पिछ्य फरक कुरा, कस्को कुरा सुन्छौ सानु?
सजिलो छ भन्नलाई, गर्हो छनी कमाई आउन
फर्कि आउछु एकदिन गाउँमा, घर हुन्छौकी हुन्नौ सानु?
बाल्टिमोर, अमेरिका
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार -
०८:०२:२९ बजे