Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आमा (कविता) -नारायणसिंह गुरुङ

आमा (कविता) -नारायणसिंह गुरुङ

सतीश चापागाईं

२२, बैशाख २०७६
images
आमा ! सल्यानमै आँसु रित्याएर आउनु दु:ख उतै बिसाएर आउनु खरानीमा हाँसो मिसाएर आउनु हरेक बिहान नातिनीले चुल्हो बाल्दा आगोसँगै भर्भराई मुस्कुराउनु । आमा ! भुलेर पनि नरुँनु काठमान्डुमा त्यहाँ त आँसुलाई पानी सम्झी खन्याउँछन् रातो माटोमा अनि बनाउँछन् इट्टा- इट्टाभट्टिमा । आमा ! बहकिएर नपोख्नु वेदना नझिक्नु कथा उकाली-ओराली गाउँका र नउक्काउनु, ननिको हुने मुटुका घाउ जहाँ घाउ बल्झाउने औषधीहरु गल्लि-गल्लीमा सित्तैमा पाइन्छन् । आमा ! नदेख्नु सपना देखे पनि ठुला सपना कहिल्यै नदेख्नु जहाँ तिम्रो सपना खोस्न किस्ता-किस्तामा चुनाव गराईन्छ । र, कसै गरे पनि नसम्झनु हुलका-हुल नेताहरु जो दशै-तिहारसँगै तिम्रो गाँउ पसेका थिए ढोलक, मादल र बाजा बजाएर अनि फर्केका थिए गलामा माला सजाँएर, फेरि फर्कने मिति नतोकी । आश्चार्य नमान्नु ! तिनै अनुहार अर्को साल तिम्रो ढोकामा देख्ता । अन्त्यमा, आमा ! ख्याल गर्नु स्वास्थ्यको याद गर्नु घर्कदो उमेरको सम्झनु आफु जन्मेको गाउँ र, अझ धेरै सम्झनु तिमी भन्दा नाजुक - तिम्रो देश । बाल्टिमोर, अमेरिका ७ मार्च, २०१४

images
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार - ०८:०९:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend