Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आशा साहनी (कविता)- जनक कार्की

आशा साहनी (कविता)- जनक कार्की

सतीश चापागाईं

२२, बैशाख २०७६
images
  ऋतु मेरो प्राण् धेरै ऋतूहरू यो बूढो घरको बाल्कोनीबाट मलाई स्पर्श गरेर गुज्रिएका छन्। नछोएको त तिमीले मात्रै हो ऋतु किन प्रकृतिमा ऋतू जस्तै सन्तान फर्किने नियम छैन? यो मेरो शयनकक्ष भित्र धुलाम्य भएर बसेको छ तिम्रो पास्नीको तस्वीर एकचोटि मात्र एकचोटि आएर धुलो पुछेर जाउँ मेरो दृष्टि बन्द हुनु भन्दा पहिले म तिमीलाई हेर्न चाहन्छु ऋतू। तिम्रो बाबाले ल्याएको क्लाशिक घडी तिमी आउने पछिल्लो समयको घोषणामा अवरुद्ध भएर झुण्डिएको छ यो स्थिर समय; तिम्रो आगमनले चलायमान होस् हाम्रो वगैँचाको त्यो आँपको वृक्ष जहाँ तिमीलाई आँप खुवाउथे म आज बूढो भएको छ म जस्तै थोती, कुप्री, उजाड, उदास छ गुँड लगाएर बसेका जुरेली पनि बसाइँ सरिसके ढल्नु भन्दा पहिले त्यो वृक्ष आएर समापन गरिदेउ `ऋतू। सास त चलेकै छ ऋतू यो आशाको आश मर्दैछ सास चल्नु मात्रै पनि जीवित हुनु रहेनछ आश नभएको जीवनको अनुराग भएन। कुनै दिन तिम्रो व्यस्त समयमा यो आशा तिम्री आमालाई सम्झियौ भने धेरै त केही भएको हुनेछैन मेरो माशंपेशीहरू गलिसकेका हुनेछन अस्थीहरू तिम्रो स्वागतमा तत्पर रहनेछ। मेरो हातमा एउटा चिठी हुनेछ जसमा लेखिएको हुनेछ मेरो अन्त्यष्ठीमा ; मेरो अस्थी सङ्गै तिम्रो पश्यताप जलाइदिनु तिमी दुखी भएको हेर्न सक्दिन यो बूढो घर बेँचिदुनु र तमाम त्यी व्यस्त सन्तानहरूलाई पारिश्रमिक स्वरूप दिनु जसले आमालाई जीवित भेटिदिएर आफ्नो कर्तव्य पूरा गर्नेछन अन्त्यमा मैले तिमीलाई सिकाउन बिर्सेको जीवनज्ञान् तिम्रो सन्तानलाई सिकाउनु पैसा भन्दा ठूलो ममता र करूणा हो तिम्री आमा आशा साहनी। (केही समय पहिले 2017/08/07 मुंबईमा यस्तो घटना घट्यो। जसले मानव हुनुमै लज्जास्पद र प्रश्नचिन्ह उठाउँछ। आशा साहनी ६३ वर्षिय जो मुंम्बईमा एक्लै ६ करोडको घरमा बस्दै हुनुहुन्थ्यो।उहाँको छोरा ऋतुराज साहनी अमेरिकामा हुनुहुन्छ।पटक-पटक आमाले अब आफू एक्लै बस्न नसक्ने र मिल्छ भने कि अमेरिका नत्र यतै कतै `ओल्ड एज हाउसमा´ लग्दिन अनुरोध गरेको तर छोराले व्यस्तताको कारणले नभ्याएको कुरा आएको छ। छोराले पछिल्लो चोटि 23 अप्रील २०१६ मा कुरा गरेको बुझिएको छ।जब छोरा ,आमा भेट्न र लिन आए आमाको अस्थी सोफामा थियो।कहिले कसरी मृत्यु भयो केही थाहा भएन।सोहि घटनाले मुटु हल्लाएपछि आशा साहनी बनेर कविता लेखेको कवि जनक कार्की बताउछन। सम्पादक)

images
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार - १४:३९:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend