Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

धादिङमा भिर मौरीको मह खाँदा १० बिरामी, दुईको अवस्था गम्भीर

धादिङमा भिर मौरीको मह खाँदा १० बिरामी, दुईको अवस्था गम्भीर

सतीश चापागाईं

२२, बैशाख २०७६
images
  धादिङ । उत्तरी धादिङको रुविभ्याली गाउँपालिका– ४ बोराङमा भिर मौरीको मह खाँदा १० जना बिरामी भएका छन् । बिरामीपर्नेमा २० वर्षीय हिमाल विक, ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामाङ, ५५ वर्षीय कान्छा लामा तामाङ, हन्दिुङ निवासी ३५ वर्षीय तेसमान तामाङ र ४२ वर्षीया मेञ्जित माया तामाङ, ५२ वर्षीय चोकबहादुर तामाङ, रहेका छन् । बिरामीमध्ये तेसमान र कान्छा लामाको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरुलाई उपचारका लागि हेलिकप्टरको सहायताले काठमाडौँ लगिएको छ । सामान्य बिरामी परेका अन्य आठ जनाको बोराङ स्वास्थ्य बिन्दुमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार - १४:५२:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend