Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

वाटर मेलन ! (कविता) -अच्युत सिग्देल

वाटर मेलन ! (कविता) -अच्युत सिग्देल

सतीश चापागाईं

२३, बैशाख २०७६
images
कुनामा लुकेको अध्यारो झाडिमा बसेर टम्म कसिएको गोलाकार पुट्क्क नितम्ब बिचमा गहिरो खोँच पुटुस्सपरेको चिल्ला डॉडाहरू जब एक लम्वेतान लोहा लौहान छुरी बनेर बलात बिस्तारै भित्र पस्छ। आहिस्ता घुमाएर बाहिर निकालिन्छ तब गुलावी रसिला तप तप पानी चुहाउने स्वादिला कोशिकाहरू फट्याएर काला लहर पन्छ्याउदै आहिस्ता समातेर चपक्क मुख गाड्दा आहा! रोमान्चित हुन्छ तन, बदन र मन। गर्मिले रापिएको दिन वा धापिएको रात चिसोको न्यानो घाम या एकान्त समुद्रको किनारा हरियाली दुबौ पन्छाउदै टुसु्क्क बसेर आरामले बिस्तारै विस्तारे मुख मिठ्याउदै कोमल ओठ जोडेर कपक्क पार्न कति स्वादिलो छ यो नेपाली घ्याम्पे तरबूज़ा अंग्रेज़ी वाटरमेलन ।  

images
प्रकाशित मिति :बैशाख २३, २०७६ सोमवार - १९:११:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend