Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अरुणा श्रेष्ठ 'अनु'का केही चोटिला मुक्तकहरु

अरुणा श्रेष्ठ 'अनु'का केही चोटिला मुक्तकहरु

सतीश चापागाईं

२४, बैशाख २०७६
images
  मुक्तक -१ सुकीगयो पानी तर प्यास मेट्ने कुवा नै मान्छु ठण्डीको हिउँ पनि न्यानो दिने भुवा नै मान्छु यहीँ घरमा हुर्के बढे चाहे मलाई नोकरै मान्नुस्, तर म तपाईंलाई मालिक हैन बुवा नै मान्छु । मुक्तक -२ खुसीका बिट्टाहरु खापैखाप देखिन्छ आवश्यकता रहुन्जेल मिलाप देखिन्छ आखिर के छ रहस्य त्यहाँ या शक्ति ? जहाँ पाप गर्नेहरुकै फलीफाप देखिन्छ । मुक्तक -३ प्यासीलाई पानी भोकालाई खाना नै चाहिन्छ जानेरै गल्ती गर्नेलाई मात्र बहाना नै चाहिन्छ अचम्मका छन् प्राणीहरु पनि यसै पृथ्वीमा घार भए नि बस्न माहुरीलाई राना नै चहिन्छ । मुक्तक -४ प्राप्त गदैमा पत्थरलाई भगवान नसम्झिनूस् भूल होला क्षणीक खुसी वरदान नसम्झिनूस् अर्थपूर्ण र अमूल्य हुन्छ सम्पुर्ण मानव चोला क्वाप्प खाएर पिच्च पार्ने पान नसम्झिनूस् मुक्तक -५ खास कलाको सजिव मूर्तिहरुमा नियाली रहेछु म क्षणमै बद्लिँदै गर्ने फुर्तीहरुमा नियाली रहेछु म आखिर मात कुन चाहीँ हानिकारक छ वास्तबमा घमण्ड, स्वार्थ या त सुर्तीहरुमा ,नियाली रहेछु म भद्रपुर नगरपालिका - ३, भीमनगर, झापा । ( - अरुणा श्रेष्ठ'अनु' का यी सबै मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २४, २०७६ मंगलवार - ०९:३०:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend