Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

उद्धब नेपालका केही चोटिला मुक्तकहरु

उद्धब नेपालका केही चोटिला मुक्तकहरु

सतीश चापागाईं

२५, बैशाख २०७६
images
  मुक्तक - १ नारीबिना तिम्रो जीवन चलाएर देखाऊ तेल नहाली लु त दियो जलाएर देखाऊ जुत्ता भए खुट्टा कति भन्दै हिँडनेहरुले बिना बोट कुनै फल फलाएर देखाऊ । मुक्तक - २ दूधमा छाली नलागी घिउ त्यसै कहाँ बन्छ र ? मायामा विश्वास नभए घरबार त्यसै कहाँ चल्छ र ? दु:ख र सुख जीवनको एउटा अभिन्न मित्र हो नठोसी दाउरा चुलोमा आगो त्यसै कहाँ बल्छ र ? मुक्तक - ३ यहाँ न्यायको कुरा गर्दा अन्यायको बात लाग्छ दुई नजर जुध्नासाथ लठ्याउने मात लाग्छ त्यसैले त नेतागण धाउँदा धाउँदै सदनमा हजुर मन्त्री हुन गाह्रो भयो हृदयभरी घात लाग्छ । मुक्तक - ४ चौबन्दी र फरियालाई भुल्नुहुन्न सानु आधुनिकता पछ्याउँदै डुल्नुहुन्न सानु आफ्नो धर्म संस्कृतिलाई सधैं लत्याएर परपुरुषको अँगालोमा फुल्नुहुन्न सानु । मुक्तक - ५ जिन्दगी नै भाँचिएको डाली भएपछि तिम्रो माया हिजो आज जाली भएपछि पर्दैन भो माली अब हटाई दिए हुन्छ फूलबिना बगैंचा नै खाली भएपछि । - उद्धब नेपाल भोजपुर सल्लेनी हाल : झापा गाउँपालिका वडा नं -३, झापा कामाटोली । ( -उद्धब नेपालका चोटिला मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २५, २०७६ बुधवार - १६:२२:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend