Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कान्छालाई संदेश (कविता) - शंकर ढकाल (छन्द : मन्दाक्रान्ता )

कान्छालाई संदेश (कविता) - शंकर ढकाल (छन्द : मन्दाक्रान्ता )

सतीश चापागाईं

२५, बैशाख २०७६
images
  खान्छाै रक्सी इलम नगरी अस्मिताकाे सुसार दिन्निन् कैल्यै पनि प्रकृतिले जिन्दगी बारबार । अाऊ कान्छा नयन छ दुवै जाग बानी सपार हात्ती अाए बन न कमिला खानु पर्दैन हार ।।१।। काँडा बेच्छाै गिरिवन डुली बन्छु भन्छाै त माली माछा खाने रहर नभए बुन्नु पर्दैन जाली । के भन्दैछाै अझ नुनु गरी हाँक्छु धर्ती समाली हिँड्ला गाडी घुरुरुरु कहाँ पूर्ण पाङ्ग्रा निकाली ।।२।। मार्छाै सीता जनक जननी देशकै भाे विनाश माटाे पानी पवन नभए मर्छ तिम्राे नि सास । छाड्याै जानै कुन कुलतले बुद्धकाे अासपास बाँधे खुट्टा र कर कसरी खाउँला एक गाँस ।।३।। काला अाए दिनहुँ दिन त्याे सूर्यले घाम देन भन्छिन् धर्ती धुरुरुरु रुँदै साथ तिम्राे थिएन । बच्चाबाटै प्रकृति जननी हेप्नु हेप्याे मरेन सच्चा प्रेमी यस मुलुककाे भूमिमा जन्मिएन ।।४।। लाग्याे खल्लाे किन र कसरी ती मुनाकाे मुहार कान्छा अाफ्नै अब नयनकाे दाेषलाई निखार । बन्छाै चाँडै सुजन रसिलाे खेतमा गाेरु नार छन् कायामा रगत धमनी चढ्नु पर्दैन कार ।।५।। - तानसेन न. पा. -७ काजीपाैवा, पाल्पा । हाल : काठमाण्डौं । ( -शंकर ढकालका कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २५, २०७६ बुधवार - १६:३३:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend