Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार अदिती अर्यालका बेजोड मुक्तकहरू

मुक्तककार अदिती अर्यालका बेजोड मुक्तकहरू

सतीश चापागाईं

२८, बैशाख २०७६
images
  मुक्तक -१ नपरोस् है देख्न नाङ्गो भोको हजुरलाई सक्दिनँ म हेर्न पनि रो'को हजुरलाई दु:ख जति लुकाउँछु हृदयमा मैले बरू जिन्दगीभर खुशी राख्ने धोको हजुरलाई । मुक्तक - २ जहाँ पुग्नुपर्थ्यो त्यहाँ यो हात पुगेन सुनचाँदीको थुप्रो धनको खात पुगेन झुपडीमा बसेकी छु, सिस्नोखोले खाँदै तिमीसँग उठबस गर्न औकात पुगेन । मुक्तक -३ सोचेकी'थेँ बन्थ्यो संसार उनी घर आएपछि बिर्सिदिए हुन्छ अब भन्ने खबर आएपछि धर्ती भासिए झैँ भयो छाँगाबाट खसेँ लाग्यो सोझो प्रश्न सोध्दा मैले बाङ्गो उत्तर आएपछि। मुक्तक -४ मनभित्र पीर आँखामा पानी-पानी हुनसक्छ तिम्रै यादमा छट्पटिँदै जिउने बानी हुनसक्छ खुशी दिन्छु भन्दै तिमी नजिक नआऊ बिन्ती सम्हालिन नसकेमा आत्माग्लानी हुनसक्छ । मुक्तक -५ कुरुक्षेत्र जस्तै लाग्छ अचेल घर, घर लाग्दैन दु:ख पर्दा टाढा हुने आफन्तको भर लाग्दैन तिम्रो काखमा छँदाखेरि हँसाइराख्थ्यौ आमा हाँस्न, बोल्न अहिले मलाई रहर लाग्दैन । - अदिती अर्याल ज्ञवाली कुलेश्वर-१४, काठमाडौं । ( - अदिती अर्याल ज्ञवालीका मुक्तक गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २८, २०७६ शनिवार - १९:५६:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend