Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

संघर्ष प्रयासीका ५ चोटिला मुक्तकहरू

संघर्ष प्रयासीका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२८, बैशाख २०७६
images
  मुक्तक -१ साहुको कलम जहिले घुमेको घुम्यैछ बरै ती निमुखा थातबास गुमेको गुम्यैछ गरिब झनै गरिब नै भए यिनकै कारणले, निमुखा मारी शिखर चुमेको चुम्यैछ । मुक्तक -२ मान्छेहरू मान्छेको औकात तौलिन आउँछन् या त आफ्ना मनका पीडा पस्किन आउँछन् अरुलाई पीडामा राख्दै अर्कै विकल्प रोज्दै, लाग्छ जो पनि समस्या थुपारिदिन आउँछन् । मुक्तक -३ कसैको बढी कसैको कम आम्दानी भएर साँच्चिकै कोही साहु कोही आसामी भएर अचानोमा दिल राखेर बाँच्नुपर्ने रैछ यहाँ, खुशी र सुखभन्दा दु:खको लामै सूची भएर । मुक्तक -४ आफ्नै मनोमानी कस्तो अचम्म गर्ने जानी जानी कस्तो अचम्म राम्रो कुरालाई कदर गर्नुको साटो, झुट भन्ने बानी कस्तो अचम्म । मुक्तक -५ आफ्नो आफ्नो दुनो सोझ्याउनेहरू पुरिन लाको घाउ कोट्याउनेहरु निमुखा निरिहलाई आस देखाउँदै दिऊँ कि नदिऊँ भन्दै लोभ्याउनेहरु । छत्रकोट गाँउपालिका -१ हुँगा, गुल्मी । (- संघर्ष प्रयासीका मुक्तक गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २८, २०७६ शनिवार - २०:१८:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend