Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मीना चौलागाईंका ५ चोटिला मुक्तकहरू

मीना चौलागाईंका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२८, बैशाख २०७६
images
  मुक्तक -१ अचेल पीरमा छु तिमी रहर नदेखाऊ अग्लो भीरमा छु तिमी डर नदेखाऊ ठूलो बाढीको आशामा आकाश हेर्दैछु , म त नदी तीरमा छु अब घर नदेखाऊ ! मुक्तक -२ केही दिनमा देखावटी प्यार बनाउँछन् त्यसपछि मन खोल्न तयार बनाउँछन् सबै कुरा प्रेमपूर्वक हात पारीसकेपछि, शरीर अचानो मन हतियार बनाउँछन् ! मुक्तक -३ सकारात्मक सोचको बास छ मनमा त्यसैले होला सधै उल्लास छ मनमा शिशिर या ग्रीष्म जेसुकै होस् बाहिर, आफ्नो त सधै मधुमास छ मनमा ! मुक्तक -४ प्यारको समुन्द्र लाग्थ्यौ बगर देख्न थालेँ सुकिसकेछौ शीर हेर्दा सगरमाथा लाग्थ्यो थाहै नपाई झुकीसकेछौ खुशी छैन मन तिमीले दुखाइदिएको मुटु छाम्दै बाँच्नुपर्दा, दिलको भित्तामा ऐनासरी सजाउन चाहन्थेँ कतै चुकीसकेछौ ! मुक्तक -५ ठूलै भीडमा दु:खीलाई छान्यो उसले पनि मभित्रको दु:खलाई जान्यो उसले पनि खुल्ला किताब जसरी सबै पढिसकेपछि, घाइते मुटु छामी छामी हान्यो उसले पनि ! - मीना चौलागाईं काभ्रे न. पा. - पाँचखाल (- मीना चौलागाईंका मुक्तक गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २८, २०७६ शनिवार - २०:२४:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend