Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

उपहार (लघु कथा) - खगेन्द्र बश्याल

उपहार (लघु कथा) - खगेन्द्र बश्याल

सतीश चापागाईं

२८, बैशाख २०७६
images
  "आमा हजुरको जन्मदिनकै दिन दैलातुङ्ग फाँटकै घर आइ पुग्ने भऐं । भन्नुस् आमा हजुरलाई के उपहार लिएर आऊँ ।" एकाबिहानै विदेशबाट छोराले आफ्नी आमालाई फोनमा भन्यो । "साँच्चिकै ल्याउँछस् र ! मैले चाहेको उपहार ?"- उस्की आमाले अपत्यारिलो किसिमले भनिन् । "ल्याई हाल्छु नि । बरु चाँडै भन्नुस् म के ल्याऊँ ।" - उस्को छोराले उत्साहित पार्न खोज्दै भन्यो । उस्की आमाले केही बेरको मौनतापछि भनिन् -"`उसोभए बाटोमा हराउन नसक्ने उपहार ल्याई दिनु । जुन मैले धेरै पहिलेदेखि तँबाट अपेक्षा लिए कि थिऐं ।" यो सुनेर अचम्मित हुँदै छोराले सोध्यो -"भन्नुस् न आमा ल्याई हाल्छु नि के हो त्यो ।" त्यसपछि उस्की आमाले ढिलो नगरी भनिन् -"तेरो हँसिलो मुहार बाहेक मलाई केही चाहिन्न बाबू । त्यही उपहार लिएर आउनु । तर नक्कली होइन नि !" - दैलातुङ्ग, पाल्पा । (- खगेन्द्र बश्यालको यो लघुकथा गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २८, २०७६ शनिवार - २०:३७:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend