Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुक्तककार सरु बस्नेतका ५ दमदार मुक्तकहरु

मुक्तककार सरु बस्नेतका ५ दमदार मुक्तकहरु

सतीश चापागाईं

३०, बैशाख २०७६
images
  मुक्तक -१ अनायास उसको यादले सतायो यौवनको उर्लिँदो मातले सतायो भुल्ने ओखती भए किनेर खान्थेँ केही दिनको त्यही साथले सतायो । मुक्तक -२ आज फेरि आयौ विगत सम्झायौ साँच्चै मलाई न बाँच्नु न मर्नु गरायौ रमाउँदै हिड्दैछ्यौ यता मुटु जलाई चटक्कै छोड्यौ अन्त माया लगायौ । मुक्तक -३ आमा जन्म दियौ र संसार देखाई दियौ काखमै राखी सारा कष्ट भुलाई दियौ भोक पीडा सहेर हुर्कायौ बढायौ आमा भुल्दिन मेरो जीवन यसरी सजाई दियौ । मुक्तक -४ सोच्दछु दुइटा हात गोडा छ हेर्दछु फुटेका राता फोडा छ त्यही पनि श्रमकाे मूल्य छैन यहाँ किनकी गर्ने गोरु खाने घोडा छ । मुक्तक -५ गुराँस फुल्छ लेकमा हेर कोइली गाउँछ मयूर उस्तै पङ्ख फुकाई नाच्दै रमाउँछ को होला त्यस्तो नरमाउने नेपाल भूमीमा गौरव गर्छ जन्मभूमीमा मर्न जो पाउँछ । निजगढ नगरपालिका वार्ड नं - ७ बारा । (- सरु बस्नेतका यी मुक्तकहरु गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख ३०, २०७६ सोमवार - १०:२०:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend