Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुक्तककार चिन्तन नेपालका ५ दमदार मुक्तकहरू

मुक्तककार चिन्तन नेपालका ५ दमदार मुक्तकहरू

सतीश चापागाईं

३०, बैशाख २०७६
images
  मुक्तक -१ चुनौतीकै माझमा पनि उभिन सिकाए अनि हर खतराहरुमा जोगिन सिकाए ती खुट्टा तान्नेहरुलाई धन्यवाद भन्छु जसले हिंड्नबाट मलाई दौडिन सिकाए । मुक्तक - २ तोडेर मुर्खताको पाश, महाकवि बनेका हुन् कालीको कृपाले खास, महाकवि बनेका हुन् जसलाई यो समाज नरककी मुल ढोका भन्छ त्यही स्त्रीले गर्दा कालिदास महाकवि बनेका हुन् । मुक्तक -३ आगो जस्तै गरी दन्दनी मुटु जलाइदिन्छ एकोहोरो सताउँछ अनि मुटु जलाइदिन्छ भो भो, म त लाउँदिन यो व्यर्थैको पिरती जसले आगोबिना पनि मुटु जलाइदिन्छ । मुक्तक -४ चुनौतीको सेरोफेरो अरु पनि छ जिन्दगीमा अप्ठेरो अरु पनि छ छुट्नेहरु छुटी गए, के नै भयो र ? बाँच्नु पर्ने जीवन मेरो अरु पनि छ । मुक्तक -५ नियतिले पाइलैपिच्छे ठेस दिन्छ, अचम्म लाग्छ र किन मलाई मात्र बिशेष दिन्छ, अचम्म लाग्छ आफ्नो खुट्टामा आफैं उभिनसम्म सकेको छैन मलाई दौड्ने कुरामा उपदेश दिन्छ अचम्म लाग्छ । कोहलपुर, बाँके । (-चिन्तन नेपालका यी मुक्तकहरु गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख ३०, २०७६ सोमवार - १०:२३:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend