Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार गोम बिक्रमका १० मुक्तकहरु

मुक्तककार गोम बिक्रमका १० मुक्तकहरु

सतीश चापागाईं

३०, बैशाख २०७६
images
  मुक्तक-१ अनसन बस पन्ध्र चोटी, जायज कुरा छल्न सक्छन् पदमा पुग्न पाए भने, तालुमा आलु फल्न सक्छन् समृद्धि सधै वैलिरहन्छ, बेथिति मात्रै फैलिरहन्छ नाङ्गै हिडूँ न सडकमा, चर्चा उत्तिकै चल्न सक्छन् । मुक्तक-२ सैतानी चलखेलहरु, सधैका लागि ढल्नुपर्छ आफ्नै मन मस्तिष्कमा, चेतनाको दियो बल्नुपर्छ माटो हेरेर पो काम गर्नु, देशैको किन बदनाम गर्नु ? साह्रै भयो नेपाली अब, स्वविवेकले चल्नुपर्छ । मुक्तक-३ लाज घीन पचाइसके, न त कसैको डर भयो ? बाहना पाए मागी हाल्छन्, अब त के नै भर भयो ? देशै डुबोस् जर्जर परी, छाड्ने हैनन् कर्कर गरी जिरीखुरी बुझाइहालेँ, बुझाउन बाँकी घर भयो । मुक्तक-४ निमेक गर्यो मरीमेटी, आगो बल्दैन चुलाभित्र राज्यको न्याय सुविधामा, समता छैन तुलाभित्र निमुखा सधै छलमा हुने, सम्पन्न सधै बलमा हुने समस्या कहिले हल हुँदैन, रहस्य के छ र 'ठूला'भित्र ? मुक्तक-५ ओंठमा तिम्रो मुस्कान भए, मेरो मनको दु:ख भाग्छ तिम्लाई कतै विपत् परे, पहिले जस्तै माया जाग्छ सपनाभरी आइरन्छ्यौ, यादभरी सताइरन्छ्यौ तिमी कसैकी भए पनि, अझै मलाई 'उस्तै' लाग्छ । मुक्तक-६ कुहिना ठेले अहंकारले, छेउछाउमा घच्चा लाग्छ अरुका काँधमा चलिरहे, सुरक्षा आफ्नै कच्चा लाग्छ सब्लाई बाँड्ने प्रीत होस, सम्बन्ध सन्तुलित बनोस अस्तित्व संकट पार्ने नीति, कस्लाई कहाँ सच्चा लाग्छ ? मुक्तक-७ जिन्दगीलाई भोग्दै जाँदा, कतिपय भूल हुन्छ कहिले काँडा हात पर्छ, कहिलेकाही फूल हुन्छ सुख-दु:ख सहँदै गए, संघर्षशील रहँदै गए हरेक कठीन कुरा पनि, आफ्नै अनुकूल हुन्छ । मुक्तक-८ बजेट हुन्न विकास हुन्न, जहिले माग्दा कम हुन्छ प्रतिवेदन फूर्ति अनि, भाषण एकदम हुन्छ एघार महिना सुतुन् मस्त, एक महिना सधै व्यस्त असार लाग्नै हुन्न देशमा, विकास धमाधम हुन्छ । मुक्तक-९ व्यवहार रुखो-तीतो नै छ, बोलीमा चिनी घोले पनि दुनियाँलाई थाहा नै छ, मुखले कत्ति नबोले पनि अब आफैले गुन्नुपर्छ, सबको आवाज सुन्नुपर्छ कसले अब चिन्दैन र ?, मुकुण्डो जति नखोले पनि । मुक्तक-१० सपना भने रेल, जहाज, अनेककानेक रट्छ सर्कार गाउँबस्तीको मर्का हेर्न, खै त कहिले खट्छ सर्कार माल कसरी तार्दा होलान्, छाक कसरी टार्दा होलान् नारा दिन्थ्यौ झोलुङ्गे पुल,तुहिन कहिले हट्छ सर्कार ? ✍ गोम बिक्रम [email protected] कल्लाबारी, पाल्पा । २०७६ बैसाख ३०

images
प्रकाशित मिति :बैशाख ३०, २०७६ सोमवार - १०:२९:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend