Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार गणेश नेपालीका ५ चोटिला मुक्तकहरू

मुक्तककार गणेश नेपालीका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

३०, बैशाख २०७६
images
  मुक्तक -१ नजरको वाण हानेको तिमीमै ठिक्क लाग्यो बुझिनौ तिमीले कहिलै अचेल त दिक्क लाग्यो आशा मनमा जग्यो बिर्सेकी त रहिनछयौ किनकी आज त बिहानै बाडुल्की किक्क लाग्यो । मुक्तक -२ आशु झार्दै आँखामा, उ बेलाको कुरा गरिन देखाइ हातभरिका, ती ठेलाको कुरा गरिन बल्ल आज आएर , के ठानिन कुन्नि उनले बिहेपछि पाको दु:ख, र हेलाको कुरा गरिन । मुक्तक -३ कहिलै निको नहुने मुटुमा चोटिलो घाउ छ सत्यको सधै जीत हुन्छ प्रतीक्षामा मेरो गाउँ छ पाप धर्म भन्ने अझै छ भन्दै सम्झाउँछ साथी नाङ्गो नाच नाच्नेको पनि पर्ख दिन आउँछ । मुक्तक -४ हार त छातीमा टल्किएको राम्रो यौवन भनेको छल्किएको राम्रो लुकेर साइनो गाँस्नेले भन्दछ मायामा सुटुक्क पल्किएको राम्रो । मुक्तक - ५ सोच्दछु दुइटा हात गोडा छ हेर्दछु फुटेका राता फोडा छ त्यही पनि श्रमकाे मूल्य छैन यहाँ किनकी गर्ने गोरु खाने घोडा छ । बगनासकाली गाउँपालिका -१ बगनास, पाल्पा । (- गणेश नेपालीका यी मुक्तकहरु गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख ३०, २०७६ सोमवार - ११:५८:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend