Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककारका नजरमा पैसा !

मुक्तककारका नजरमा पैसा !

सतीश चापागाईं

१, जेठ २०७६
images
    मुक्तक -१ पैसाबिना बाँच्न, सकिन्न भन्छन् मान्छे हर समय पैसा, मात्रै गन्छन् मान्छे दिन-रात पैसाकैपछि लाग्दा एकदिन सहारा बिहिन मात्र, एक्लो बन्छन् मान्छे । - निर्मल रमण पराजुली ..................................................... मुक्तक -२ सबैलाई प्यारो लाग्ने यहाँ कामै त रहेछ अन्तिम दिन छोडेर जाने नामै त रहेछ धन दौलतमा फसेँर किन गर्छन तेरो मेरो मान्छेलाई पिर पुर्याउने यहाँ दामै त रहेछ ।। - सुचिता काफ्ले ...................................................... मुक्तक -३ भ्रष्टाचार गरेर मैले धेरै धन कमाउनुछ त्यी सोझा जनताहरूलाई फसाउनुछ अपराधी मलाई भन्दै नभन कसैले पनि मैले पनि बालुवाटारमा घर बनाउनुछ - विनिता कुँवर ...................................................... मुक्तक -४ ज्यानको माया कति लाग्छ भेल तर्दा थाहा हुन्छ को आफ्नो हो को बिरानो दु:ख पर्दा थाहा हुन्छ धनको प्रदर्शन महल गाडी हिरा मोतीले गरे पनि, साँच्चै कति कमाएछ मान्छे मर्दा थाहा हुन्छ ! - मीना चौलागाई .................................................. मुक्तक -५ जस्लाई पनि दुनियाँमा, पैसैक‍ो सुर्ताताप देख्छु लखपति करोडपति, पैसैमा तुलना, नाप देख्छु पैसा नहुने निश्चिन्त छ, हुने त झन् अतृप्त छ जोसित ल‍ोभ र पाप छ, उसैको फलिफाप देख्छु । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ बैसाख ३० ( यी मुक्तकहरु गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :जेठ १, २०७६ बुधवार - २२:११:१० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend