Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खै !! कसरी यो जिन्दगी, पार लगाउँछिन् -- कृष्ण न्यौपाने (गजल)

खै !! कसरी यो जिन्दगी, पार लगाउँछिन् -- कृष्ण न्यौपाने (गजल)

सतीश चापागाईं

१, जेठ २०७६
images
  खै !! कसरी यो जिन्दगी, पार लगाउँछिन् । बोली खस्नै हुन्न वचनको, धार लगाउँछिन् । बाबा-आमा नाति-नातिना, भएन भन्नुहुन्छ, श्रीमती पलङ्गमा सिरकको, बार लगाउँछिन् । आफ्नै ठानि अलिकति मायाको स्पर्श के गरे बलत्कृत पो !! भएँ भन्दै, गुहार लगाउँछिन् । टेन्सनै टेन्सनबीच यसो दुई पेग के लगाएथेँ, दुईको बदलामा उनी झन्, चार लगाउँछिन् । जसलाई मैले शंकाको, घेरामा राखेको थिएँ, ऊ आउँदा भने उज्यालो,अनुहार लगाउँछिन् । भरतपुर न। पा। -९, वसन्तचोक, चितवन ( - कृष्ण न्यौपानेको यो गजल गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :जेठ १, २०७६ बुधवार - २२:१४:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend