Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कर्णहरू (कविता) - डा. श्याम न्यौपाने

कर्णहरू (कविता) - डा. श्याम न्यौपाने

सतीश चापागाईं

१, जेठ २०७६
images
  समग्र हस्तिनापुरलाई हस्तिनापुर र अङ्गदेशजस्ता स-साना टुक्रामा टुक्र्याउने सपना देख्नेहरू खण्ड-खण्डमा रमाउन खाेज्नेहरू झुण्ड-झुण्डमा किलकिले हाँसाे हाँस्नेहरू अहँ देख्दैनन् पटक्कै देख्दैनन् समग्र हस्तिनापुरकाे गरिमा समग्र हस्तिनापुरकाे महिमा र समग्र हस्तिनापुरकाे रमणीय साैन्दर्य प्रसन्न मुहारकाे गुलाफी हाँसो हाँस्न नसक्नेहरू नानाथरि फूलहरूकाे झिलीमिली मालाकाे साैन्दर्य देख्न नसक्नेहरू फूलकाे थुङ्गाबाट पत्रै-पत्र छुट्याउन खाेज्छन् अनि खण्ड खण्डमा रमाउन खाेज्छन् कर्णहरूलाई वास्ता छैन हस्तिनापुरका जनताकाे सुखदुःखसँग भारी सभामा चीरहरण गरिएकी द्राैपदीकाे पीडासँग विष सेवन गराएर खाेलामा बगाएकाे भीमकाे कष्टसँग लाक्षागृहमा अागाे लगाई विनाश गर्न खाेजिएका पाण्डवकाे मर्मसँग उनीहरूलाई केवल राजा बन्नुछ मंसिरमा परालकाे दाईं गरेझैं जनताकाे दाईं गरेर भए पनि राजा बन्नु छ पर्सेकाे बाेकाे छिनाले झैं हस्तिनापुर छिनाल्नुछ अङ्गदेशकाे राजा बन्नुछ महाराजा बन्नुछ । सुनवल न. पा.- १२ भुमही, नवलपरासी । ( - डा. श्याम न्यौपानेको यो कविता गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :जेठ १, २०७६ बुधवार - २२:१६:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend