Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

देश नपाएको म मान्छे (कविता) - निमा भुटिया

देश नपाएको म मान्छे (कविता) - निमा भुटिया

सतीश चापागाईं

१, जेठ २०७६
images
जन्मस्थान भए पनि देश नपाएको म मान्छे चिनारीको निम्ति लडिरहेको छु एक सय वर्षदेखि लडिरहेको छु यहाँ तर खै मैले मेरो देश भेटिएको छैन सीमानाबाट बाक्समा आउँदा मात्र यहाँ उसले भन्ने गर्दछ मेरो देशको छोरा तर जब मेरो चिनारी र मेरो पहिचानको कुरा हुन्छ तब फेरि म यहाँबाट पराइ हुन्छु कस्तो विडम्बना छ यहाँ पिता-पूर्खाले सिर्जिएको ती तक्मा पनि केही काम लाग्दैन भाषा भएको म मान्छे नोटमा छापिएको मेरो भाषा फेरि पनि म अहिले यहाँ बिरानो छु यसैले म यहाँ अहिले चिनारी नपाएको मान्छे अझै पनि चिनारी र पहिचानको खोजीमा छु----!!! - जलढक्का, कालेबुङ्ग भारत । ( - निमा भुटियाको यो कविता गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :जेठ १, २०७६ बुधवार - २२:२३:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend