Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुक्तककार गणेश जप्रेलका ५ दमदार मुक्तकहरु

मुक्तककार गणेश जप्रेलका ५ दमदार मुक्तकहरु

सतीश चापागाईं

१, जेठ २०७६
images
  मुक्तक -१ जति छन् पीडा सबै लुकाई भनिदिएँ भेट हुँदा उसँग मुस्कुराई भनिदिएँ मलाई अनुहारकै कारण छोडी जानेलाई दिएर ऐना उपहार बधाई भनिदिएँ । मुक्तक - २ सगरमाथा अपि हिमाल स्वर्ग जस्तै छ तिलिचो, ताल रारा ताल स्वर्ग जस्तै छ कति अमेरिका अष्ट्रेलिया मात्रै भन्छौं हेर्नुस् त हाम्रो देश नेपाल स्वर्ग जस्तै छ । मुक्तक - ३ बिहान बेलुका छाक टार्न सकूँ यत्ति भए पुग्छ आमाका दु:खहरु दूर सार्न सकूँ यत्ति भए पुग्छ अरु खुसी हुन् या नहुन् मलाई मतलव भएन बस् मेरी आमा खुसी पार्न सकूँ यत्ति भए पुग्छ । मुक्तक - ४ हो हेर मैले सके जति पत्ता लगाउँदैछु तिमीलाई भुल्ने ओखती पत्ता लगाउँदैछु तिमीले छोड्दैमा मर्छु भन्दै भन्दिनँ बरु कसरी गर्ने प्रगति पत्ता लगाउँदैछु । मुक्तक - ५ छिट्टै घर आउँछु भनी परदेश गएको हुँ धन पैसा कमाउँछु भनी परदेश गएको हुँ त्यही बुढी आमा बसेको खरको छानोलाई टिनले छाउँछु भनी परदेश गएको हुँ । दुर्गाथली गाउँपालिका वाड नं -५ छान्नेखोला हाल : बुटवल । ( - गणेश जप्रेल "प्रयासरत"का यी मुक्तकहरु गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :जेठ १, २०७६ बुधवार - २२:२५:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend