Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

नयाँ नेपाल- लघु कथा - बैद्यनाथ ठाकूर

नयाँ नेपाल- लघु कथा - बैद्यनाथ ठाकूर

सतीश चापागाईं

२, जेठ २०७६
images
  "मलाई अख्तियार दुरुपयोग अनुसन्धान अायोगबाट चिठी आएकोमा तिमीले चिन्ता नगर । कस्ता-कस्ता फाइलमा केही कारवाही हुँदैन जाबो बीस लाख रुपैयाँ हिनामिनाको के कुरा गर्नु ? " एक सामुदायिक विद्यालयको हेडसरले राती सुत्ने बेलामा रोइरहेकी श्रीमतीलाई सम्झाउँदै थिए । उनको कुरामा विश्वस्त भएर निस्फिक्री भइ श्रीमती निदाइन् ।अनि अघिल्लो दिन जिल्ला शिक्षा अधिकारीसँगको भेटघाट हेडसरले सम्झिन्छ । "कक्षा दशमा पढ्ने छात्र-छात्रको स्तर पाँच कक्षाको बराबर पनि छैन । यसमा तपाईं थोरै पनि चिन्ता नगर्नुस हेडसर,,,,, । सबैले आ-आफ्नो कर्तव्य निर्वाह गरेको भए यस्तो दयनीय अवस्थामा शैक्षिकस्तर पुग्ने थिएन, तर के गर्ने ? मसँग पनि बाध्यता छ । दुनियाँले हेर्दा म जिल्ला शिक्षा अधिकारी । तपाईलाई त थाहै छ । बीस लाख रुपैयाँ नबुझाएको भए म अधिकारी नै हुने थिइनँ । मन्त्रीलाई पनि के दोष दिनु । पार्टीको नेतालाई मोटो रकम नबुझाएसम्म सभासदको टिकट नै पाँउदैन । अनि पदमा पुगेपछि सबैले आफ्नो सावा ब्याज सहित निकाल्नै पर्यो । बिचरा शिक्षक तपाईं हामीलाई रकम बुझाएर नियुक्ति पाएका छन् तर तिनको सावा ब्याज कसरी निस्कने त ? त्यसैले विद्यालय नआइ हाजिर गर्छन् । आफ्नो घरको तथा निजी आवासीय स्कूल लगायत अनेक ठाउँमा काम गर्छन् । अनि पढाईको स्तर के हुन्छ ?" लामो सास तान्दै होटल सुरतको एक केबिनमा जिल्ला शिक्षा अधिकारीले ब्लेक लेभलको पैक सिध्याउँदै भने - " मलाई थाहा छ हेडसरहरुको पीडा,,,,, । पहिले पो खोजीनीति थिएन तर हिजोअाज सबैतिर दाम नबाँडे दुई दिन पनि कुर्सीमा टिक्न गाह्राे छ । हाम्रो पालामा शैक्षिकस्तर माथि उठ्ने र समाज तथा देशको विकास समृद्धि हुने झुठमुठको आकर्षक नारा मात्रै हो । सकेजति, रुचेजति र पचेजति सबैले सबैलाई तलदेखि माथिसम्म खुवाउनुपर्छ । यही हो नयाँ नेपाल । जसरी पनि अाफ्नो समय काटौँ त्यसपछि त थाहै छ मरेपछि डुमै राजा । - प्रगतिनगर -३, वीरगन्ज । ( ✍️ - बैद्यनाथ ठाकूरको यो लघु कथा गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :जेठ २, २०७६ बिहिवार - १७:३५:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend