Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बिधुरको जिन्दगी - लघुकथा - राजु क्षत्री अपुरो

बिधुरको जिन्दगी - लघुकथा - राजु क्षत्री अपुरो

सतीश चापागाईं

२, जेठ २०७६
images
  होटेलमा युवतीसँग रमाइलो गर्दागर्दै रङ्गेहात पक्राउ परेपछि हर्के साइँलालाई प्रहरीहरूले थानामा पुर्याए । "के हो बाजे, आफ्नी नातिनी जस्तीसँग यस्तो हरकत गर्दा सामाजिक मान मर्यादाको ख्याल आएन ?" - प्रहरी प्रमुख कड्किए । त्यसै समय एउटा प्रहरी आएर भने -" साब, यी बाजेले त पहिला पनि यस्तै हरकत गरेका थिए अरे, एकपल्टलाई भैगो भनेर गाउँलेको अनुरोधमा छाडिदिएका हुन् अरे !" "ए बाजे किन नबोलेको, मेरो प्रश्नको जवाफ खोई ??, सायद उनले वार्तालापबाट थप अनुसन्धान गर्न खोजिरहेका थिए । "के गर्नु साब ! मानिसलाई बाँचिन्जेल गास, बास, कपास चाहिने, शरीर स्वस्थ भइन्जेलसम्म सहवासको आवश्यक पर्ने, मन बहकियो साब, यस्तो हरकत गर्न पुगेछु ।", उनले आफूले गरेको गल्ती स्विकार्दै बेलिबिस्तार लगाए । अनि बाजे, यो उमेरमा आएर पनि अर्काका चेलिबेटीमाथी कुदृष्टी लगाउन हुन्छ ?"- प्रहरी प्रमुख अझ कड्किँदै थिए । "केटी मनचले थिई । थुप्रै युवाहरूसित लसपस भएको सुनेपछि मैले पनि .... " "चुप लाग बुढा !, अब जेल जाँदा थाहा पाउने छौ ।" "साब अनि त्यो होटेलमा मसितै समातिएका अर्का बूढालाई किन छाडेको नि ?" "उनी पहुँचवाला सम्मानित नागरिक थिए ।" "अनि के म असम्मानित नागरिक हुँ ?" "ए, मसंँग सवाल पो ! हवल्दार साप, बाजेलाई तोरीको फूल देखाऊ त, बल्ल लाइनमा आउनेछन् । त्यसपछि अदालत लैजाने तयारी गर । आदेश वमोजिम हवल्दारले समातेर लैजाँदै गर्दा उनले भने- " साब, हामी एकल जिन्दगी जिउनेहरूको जीवन जेल जीवनभन्दा कम पिडादायी हुँदैन। हामीलाई खासै फरक पनि पर्दैन । त्यति कठोर नबन्नुस्, यो पनि बुझ्नुस्, बिधुर हुनुको पीडा बिधुर भएपछि तपाईंले पनि एकदिन अवश्य महसुस गर्नु हुनेछ !" - माछापुच्छ्रे गाउँपालिका -५ लाहाचोक, कास्की । ( ✍️ -राजु क्षत्री अपुरोको यो लघु कथा गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :जेठ २, २०७६ बिहिवार - १७:४१:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend