Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुक्तककार लक्ष्मण भट्ट 'घायल'का केही चोटिला मुक्तकहरु

मुक्तककार लक्ष्मण भट्ट 'घायल'का केही चोटिला मुक्तकहरु

सतीश चापागाईं

२, जेठ २०७६
images
  मुक्तक -१ देशमा पेट पाल्ने नभएर कमाई विदेशिएको हो नसकेर परिवारसँगै बँच्न रमाई विदेशिएको हो बुढा-बा आमालाई पाल्छु, सपनाको झुपडी बनाउँछु यस्तै सपना सजाएर आज मेरो भाई विदेशिएको हो । मुक्तक -२ आफू जन्मिएर हुर्केको गाउँघर सोधेन उसले पसेपछि उसको सपनाको शहर सोधेन उसले जन्मदिने आमाबाबुभन्दा प्यारो प्रेमीका भएपछि के कस्तो छ बाबु आमाको खबर ? सोधेन उसले मुक्तक - ३ झुप्रो थियौ सपनामा महल देखेर छोड्यौ मभन्दा अर्को ~ सफल देखेर छाड्यौ हिजोसम्म धनभन्दा मन ठूलो भन्ने तिमी आज मेरो पैतालामा चप्पल देखेर छाड्यौ । मुक्तक - ४ अचेल मनै रुवाउने बचनहरु निकै हावी भएकोछ हैन मेरो गल्तीभन्दा तँ दोषी भन्ने दावी भएकोछ दुनियॉले घृणा गर्यो, साथीभाईसँगै उनी पनि छुटिन् र त अचेल यो लक्ष्मण पनि निकै सराबी भएकोछ । मुक्तक - ५ 'तिमी मेरो मन मुटु अनि अंग अभिन्न' भन्थ्यौ 'तिमी भए पुग्छ मलाई अरु केही चाहिन्न' भन्थ्यौ दुनियाँ हँसाई मलाई रुवाई गयौ आज तिमी भन्नलाई त 'तिमीसँग कहिल्यै छुटिन्न ।' भन्थ्यौ । मुक्तक - ६ बनाउने अनि सिकाउने काम हुन्छ यहाँ आफूले भनेको जति पनि दाम हुन्छ यहाँ अहिले नहेप है डाक्टर बिएस्सी पढ्नेहरु ईन्जिनियर पढ्नेको नि ठूलै नाम हुन्छ यहाँ । - लक्ष्मण भट्ट 'घायल' पालुङ्टार गाउँपालिका -२,फलामखानी, गोरखा । हाल : भरतपुर,चितवन । ( ✍️ -लक्ष्मण भट्ट 'घायल'का यी मुक्तक गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :जेठ २, २०७६ बिहिवार - १७:४७:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend