Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

राजेश खोटाङ्गेका केही चोटिला मुक्तकहरू

राजेश खोटाङ्गेका केही चोटिला मुक्तकहरू

सतीश चापागाईं

६, जेठ २०७६
images
मुक्तक - १ बधाई छ पेटभरी खान पाउनेहरुलाई सहानुभूति भोक भोकै निदाउनेहरूलाई चाड आउँछ बर्षको एक दिन खुशी दिंदै ऐक्यबद्धता सदैव आश गुमाउनेहरूलाई । मुक्तक - २ दुई कोमल मन मिल्दा पिरतीको नाम हुन्छ तिनै सुन्दर मनभित्र एक पवित्र धाम हुनेछ मठ मन्दिर गुम्बा मस्जिद पर्दैन धाउनलाई पूजा गर्न हृदयभित्र बहुमूल्य सर्जाम हुन्छ । मुक्तक - ३ बिनाकामका नाथेहरू, हतारमा भेटिन्छन् श्रमलाई प्रिय ठान्नेहरू, कतारमा भेटिन्छन् सोझा-सीधा मान्छे लुट्ने, अवसरवादी चाहीं अनेकौ चरित्र अनि, अवतारमा भेटिन्छन् । मुक्तक - ४ तिम्रो दिमागमा प्रश्नै प्रश्न, पाप किन गरेंछु भन्दै गरियो भूल अहंकारमा, त्यसैले ज्युँदै मरेंछु भन्दै जस्तो थियो ईतिहास तिम्रो, भविष्य उस्तै हुनेछ तड्पिनेछौ पक्कै एकदिन, नर्कैमा परेंछु भन्दै । खोटाङ्ग । ( राजेश खोटाङ्गेका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ६, २०७६ सोमवार - १०:१७:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend